काठमाडौं । पूर्व सांसद वीरबहादुर लामाको निधन भएको छ । नख्खु जेल ब्रेकर भनेर चिनिने लामा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका थिए । उनलको आज बिहान ४ बजे ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।
लामा लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । उनलाई निमोनियाको समस्या देखिएपछि गत सोमबार पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार लामालाई कोरोना संक्रमणको आशंकामा पिसिआर परीक्षण गरिएको थियो । तर ४ पटकसम्म पिसिआर परीक्षण गर्दा समेत उनको कोरोना रिर्पोट नेगेटिभ आएको छ । लामा सहित सिपी मैनाली, धर्म घिमिरे, प्रदीप नेपाल, गोपाल शाक्य लगायतका नेताले २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए ।