काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुट्ने र फुट्न नदिइने बताएका छन् ।
एपीवान टेलिभिजनसँगको शनिवार राती एक अन्तरवार्तामा उनले पार्टी एकतालाई तलसम्म मिलाउदै लैजानुपर्ने ठाउँमा आफ्नो स्वार्थमा अनावश्यक भ्रम फैलाउने काम भैरहेको बताए ।
प्रधानमन्त्री ओलीले विरोधका लागी विरोध गर्नेहरु गैरजिम्मेवार भएको बताउँदै सरकार ढल्ला भनेर आफुले खुट्टा नकमाएको बताएका छ्न ।
उनले आफु देश र जनताको पक्षमा निरन्तर लागि रहेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले पाटीभित्रबाटै सरकारका विरुद्ध कुप्रचार नगर्न आग्रह गरे ।