काठमाडौं । सरकारले कोभिड–१९को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ ।
स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उनले उपत्यकाका प्रत्येक वडामा कन्ट्याक्ट ट्रेसिङ समूह गठन गरेर ट्रेसिङलाई व्यापक बनाउने जानकारी दिनुभयो । अहिले काठमाडौँ उपत्यकामा १५ वटा कन्ट्याक्ट ट्रेसिङ समूह रहेका छन ।
देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले ट्रेसिङ गरिहेका थिए । ४६० गाउँपालिकामा ४६०, २७६ नगरपालिकामा ५५२, ११ उपमहारपालिकामा ३३ र ६ महागरपालिकामा ३० टोली परिचालन गरिएका छन् ।
उनका अनुसार सरकारले पहिले काठमाडौं उपत्यकामा ट्रेसिङलाई केन्द्रीत गर्ने र त्यसपछि उपत्यका बाहिर गर्ने छ ।
त्यसै समूहले सङ्क्रमितको नजिक रहेका व्यक्तिलाई तथा सङ्क्रमितको ट्राभल हिस्ट्रिको आधारमा नजिकका आफन्त तथा घर परिवार सवैको ट्रेसिङ गर्ने छ ।
निगरानी समूह
मन्त्रालयले सङ्क्रमितको निगरानी गर्न प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने भएको छ । पचास घर बराबर सहयोग समूह गठन गर्ने उहाँले बताउनुभयो । ती समूहका ५ देखि ७ जना रहने छन् ।
कोभिड–१९ फोसल पर्सन श्रेष्ठले उक्त समूहले आफ्नो टोलमा रहेका सङ्क्रमित र परिवारको निगरानी गर्ने तथा ट्रेसिङमा परेका व्यक्तिको निगरानी गर्ने छन । “अहिले सङ्क्रमित, ट्रेसिङमा परेका व्यक्ति बाहिर हिडडुल गर्ने गरेको पाइएको छ” उनले भने , “ अव उक्त समूहले नै ति व्यक्तिको निगरानी गर्ने छन । सङ्क्रमित, ट्रेसिङ र स्वाब दिएका व्यक्तिलाई केही समस्या परे उक्त समूहले नै हामीसँग मिलेर सहयोग गर्ने छ ।”
समूहले कोभिड–१९ संग सम्बन्धि व्यक्तिलाई अस्पताल पु¥याउने र सङ्क्रमितलाई घर बस्न, ट्रेसिङमा परेका र स्बाव दिएकालाई घरबाहिर निस्कन दिने छैनन ।
मन्त्रालयले अहिलेसम्म सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि काठमाडौ जिल्लाका छ नगरपालिका दक्षिणकाली, चन्द्रागिरी, टोखा, बुढानीलकण्ठ, गोर्कणेश्वर, किर्तिपुरका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया समेत गरिरहेको छ ।
कोभिड–१९ फोकल पर्सन श्रेष्ठले ती छ वटा नगरपालिकाले चाडै नै ट्रेसिङ र समूह गठन गर्ने कार्यलाई अगाडि बढाउने बताए । ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले उपत्यकामा धेरै नै सङ्क्रमित रहेकोले टे«सिङ गरेर पिसिआर परीक्षणलाई बढाइने बताए ।।
“पहिले लक्षित समूह र लक्षण भएका व्यक्तिको मात्र कन्याक्ट ट्रेसिङ गर्ने भनेर बीचमा धेरैको भएको थिएन” उनले भने , “तर अव फेरि हामीले ठूलो मात्रामा कन्याक्ट टे«सिङ गर्ने तयारीमा रहेका छौ ।”