पोखरा । नेपालमा थप २ हजार ९ सय ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप २ हजार ९ सय ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।
हाल नेपालमा ३४ हजार ९ सय ५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १० हजार १ सय ५३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
यो अवधिमा नेपालमा ४ हजार ५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १८ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ७० पुगेको छ ।