पोखरा । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७ औ साधारण सभाबाट निर्वाचित अध्यक्ष सुशीलराज पौडेलले पदयात्रा पर्यटनको विकास र प्रवर्द्धनमा लागि पर्ने बताएका छन् ।
उनले कोरोनाको विषम परिस्थितिले पर्यटन क्षेत्र धरासयी भएको उल्लेख गर्दै कोरोना कहरका बीच सुरक्षा रणनीति अबलम्बन गरेर पर्यटनमा नयाँ सोच खोजको विकास जरुरी रहेको धारणा राखे ।
उनले अर्बौको लगानी रहेको पर्यटन क्षेत्रबाट व्यवसायीलाई पलायन हुन नदिन र पर्यटनमा आश्रित मजदुरहरुको जीविकोपार्जननै अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरे ।
नवनिर्वाचित पौडेलले अदुरदर्शी, अवैज्ञानिक विकासले नेपालमा प्रसिद्ध पदमार्ग विस्थापित हुँदै गएकाले पदमार्गको संरक्षण र नयाँ पदमार्गको खोजीका लागि नयाँ नेतृत्व सक्रिय रहने भनाइ राखे ।
सो अधिवेशनबाट प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्ष कृष्णराज आचार्य विजयी भए । त्यसैगरी सचिवमा मिलन तिवारी, कोषाध्यक्षमा किसमकुमारी गुरुङ र सहसचिवमा रेशम अधिकारी निर्वाचित भए । ।
सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोइराला र विकास गुरुङ निर्वाचित भए । दुई सदस्य भने पछि मनोनित गरिने नवनिर्वाचित सचिव तिवारीले जानकारी दिए ।
रासस