नेपालमा पछिल्लो पटक ३० जनाले कोरोनाबाट ज्यान गुमाए, थप ३३ सय ९ लाई संक्रमण पुष्टि

पोखरा । नेपालमा थप ३ हजार ३ सय ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकका अनुसार नेपालमा थप ३ हजार ३ सय ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । हाल नेपालमा ३६ हजार ९ सय ११ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १३ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण गरिएको थियो । यो अवधिमा नेपालमा ३ हजार ८ सय ४४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ४४ हजार ८ सय ७८ पुगेको छ ।

हाल नेपालमा ७८ जनाको भेन्टिलेटर तथा ३ सय ७९ जनाको आइसियुमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ३० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल १ हजार ३४ संख्या पुगको छ ।

कमेन्टहरु
Loading...