भारतीय सेनाध्यक्ष नरवणे ३ दिने भ्रमणका लागि नेपालमा

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगका छन् । ३ दिने भ्रमणका लागि नेपाल आएका नरवणे आज मध्यान्न त्रिभुवन विमास्थलमा ओर्लिएका हुन् । विमानस्थल स्रोतका अनुसार भ्रमण टोली २ वटा विमानमा आएका छन् । ४ सदस्यीय टोली भ्रमणमा आएको नेपाली सेनाको जंगीअड्डा स्रोतले जानकारी दिएको छ ।

उनलाई नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल लगिएको छ । नरवाणेको भ्रमण हुने भए पछि काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । उनी हिँड्ने रुटमा २ हजार प्रहरी परिचालन भएका छन् । साथै नेपाली सेना सहित सादा पोशाकमा समेत प्रहरी परिचालन भएका छन् ।

कमेन्टहरु
Loading...