धादिङ । धादिङमा सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको धादिङबेसी मलेखु सडकखण्ड नजिकै आज बिहान ८ बजेको समयमा बा १५ च ३५०४ नम्बरको स्कार्पियो दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।
दुर्घटनामा मुक्तिनाथ विकास बैंकका क्षेत्री प्रबन्धक सुरेन्द्रकुमार श्रेष्ठ तथा शाखा प्रबन्धक विनोद खतिवडा सहित ५ जना घाइते भएका हुन् । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाइतेहरुलाई धादिङ अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
काठमाडौंको ट्रमा सेन्टरमा घाइतेहरुको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । जिल्लाको मलेखु सडकखण्डको ससाहा नजिकै उक्त दुर्घटना भएको थियो ।