पोखरा । नेपालमा थप २ हजार ९ सय ३३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप २ हजार ९ सय ३३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।
हाल नेपालमा ३७ हजार ५ सय २४ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १३ हजार ४ सय ४६ जनाको पिसिआर परीक्षण गरिएको छ ।
यो अवधिमा नेपालमा ३ हजार १ सय ५० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २४ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ९ सय ८४ पुगेको छ ।