पार्टी एकतालाई जोगाउन सबैले पहल गरौंः नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको पक्षमा उभिएर एकताको रक्षाका लागि आ–आफ्नो स्थानबाट लाग्न सबैलाई अपील गरेका छन् । पार्टी एकता विभाजनको अवस्थामा पुगेको भन्दै उनले एकतालाई जोगाउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताएका हुन् । पार्टीको एकता महान् क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर ठूलो मेहनत तथा पसिना बगाएर हासिल गरिएको बताउँदै उनले यसको बिफलता र पार्टी फुट उचित र सही नभएको फेसबुकमार्फत् उनले बताएका छन् ।

‘पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं । पार्टी भित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन । तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबद्धता भए पुग्छ, पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन ।’ उनले फेसबुकमा भनेका छन् ।

प्रवक्ता श्रेष्ठले व्यक्तिगत अहंकार, आवेग तथा आक्रोशले समस्याको समाधान नहुने तथा कसैलाई पनि हित नगर्ने भन्दै देश, जनता, श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सकारात्मक निष्कर्ष निकाल्नुपर्नेमा जोड दिएका छन् । ‘जान वा अन्जानमा देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौं ।’ उनले भनेका छन् ।

कमेन्टहरु
Loading...