प्रदेश नं १ : २ सय २२ कोरोना सङ्क्रमित थपिए

काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा २२२ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ८०३ जनाको पिसिआर परीक्षणमा १०५ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२६मध्ये विराटनगरमा १०५, सुनसरीमा ५८, झापामा २९, इलाममा तीन, धनकुटामा एक र प्रदेश बाहिरका पाँच सङ्क्रमित छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १९ हजार १७५ पुगेको छ ।

प्रदेशमा आज ३२ सङ्क्रमित निको भई घर फर्केका छन् । उनीहरुको सङ्ख्या अहिलेसम्म १० हजार ८५० पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ५९ हजार ७५१ जनाको पिसिआर परीक्षण गरिएको छ ।

कमेन्टहरु
Loading...