नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९ सय २० पुग्यो, थप ३५ सय १७ लाई संक्रमण पुष्टि

पोखरा । नेपालमा थप ३ हजार ५ सय १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप ३ हजार ५ सय १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

हाल नेपालमा ३८ हजार ३ सय ५७ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १४ हजार ९ सय ८९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

यो अवधिमा नेपालमा ४ हजार ९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

नेपालमा हाल ७१ जनाको भेन्टिलेटर तथा ३ सय जनाको आइसियुमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १६ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ९ सय २० पुगेको छ ।

कमेन्टहरु
Loading...