कञ्चनपुर । नेत्रविक्रम चन्द समूहको कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिवलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट २७ वर्षीय शङ्करसिंह महरालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बैतडी कटौजपानी गाँउपालिका २ सिल्लेगढा घरभै महरा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १८ गोबरैया बस्दै आएका महरालाई जबर्जस्ती चन्दा र विभिन्न घटनामा संलग्न रहेको आरोप छ।