काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दम्पतिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कार्तिक ७ गते दुवै जनाले स्वाब परीक्षण गराएका थिए । परीक्षण गर्दा दम्पतिद्वयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भए पछि उनीहरु दुवै जनता अहिले होम आइसोलेसनमा बसेका छन् । डा.भट्टराईले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहमा होम आइसोलेसनमा नै बसेको बताएका छन् ।
केही दिन यता आफूहरुको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।