पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले पार्टीका कमजोरीहरुलाई सामाजिक सन्जालमा छरपस्ट पार्ने भन्दा जिम्मेवारी पूर्वक बैठकमा पेश गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा पोखरा-३० को विस्तारित बैठकमा बोल्दै अधिकारीले सो कुरा बताउनुभएको हो । उहाँले कोभिड १९ महामारीको समयमा जनताको ज्यान जोगाउनु र बिकासको कार्यलाइ पनि अगाडि बढाउनुपर्ने भएकाले नेतृत्व सजग भै लाग्नुपर्ने बताउनुभयो ।
नेकपा पोखरा महानगर अध्यक्ष दिपक पौडेलले वडा न ३० को पार्टी नेतृत्व महनगरमा नै सबैभन्दा सबल देखिएकाको बताउँदै अझै जनताका दुखमा साथ दिन आग्रह गर्नुभयो ।
दशैको समयमा छाक टार्न नै गाह्रो भएका जनतालाइ सक्दो आर्थिक सहायता प्रदान गर्न उहाँले आग्रह गर्नुभयो ।
नेकपा पोखरा महानगर सचिव विश्वप्रकाश लामिछानेले पार्टी एक भैसकेकाले मन र बिचार पनि एक हुनुपर्नेमा जोड दिनुभएको थियो ।
नेकपा वडा कमिटि अध्यक्ष कृष्ण अधिकारीले पार्टिलाइ सबल बनाउनको लागि योग्य ब्यक्तिहरुलाइ आगामी दिनहरुमा उचित स्थान दिनुपर्ने बताउँदै
मनमुटाबको अन्त्यको लागि निरन्तर छलफलमा लाग्नुपर्ने भनाइ राख्नुभयो ।
बैठकमा वडा कमिटिका सदस्य ,सचिबालयका सदस्य तथा नेकपाबाट निर्बाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।