पोखरा । नेपालमा थप ३ हजार ७ सय ९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।
हाल नेपालमा ४० हजार ७ सय ७८ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १५ हजार ७ सय १४ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा २ हजार ३ सय ३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोमामुक्त हुनेको कुल संख्या ९४ हजार ५ सय १ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १८ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ सय ५७ पुगेको छ ।