दसैं भत्ता फिर्ता गर्न कांग्रेसद्वारा आफ्नो पार्टीका सांसदलाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।

सभापति देउवाले संसद सचिवालयले सांसदहरुको बैंक खातामा दसैं भत्ताका नाममा रकम निकासा गरेको भन्दै सो रकम फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

फिर्ता गरिएको रकम सरकारले कोरोना भाइरस नियन्त्रण तथा संक्रमितहरुको उपचारका लागि खर्च गर्न सरकारसंग माग गरेको छ ।

यस्तै नागरिकको ज्युधनको रक्षा गर्ने जिम्मा सरकारको भएको भन्दै पछिल्लो पटक सरकारले पिसिआर परीक्षण पनि आफैं नागरिकले नै गर्नुपर्ने भनेकोमा विरोध गरेको छ ।

पिसिआर परीक्षण गर्न सकिदैन भुन्न सरकारको गैरजिम्मेवारपूर्ण भनाई भएको पार्टीले जनाएको छ ।

कमेन्टहरु
Loading...