कोरोना संक्रमणबाट विराटनगरमा थप ४ जनाको निधन

विराटनगर । विराटनगरमा पछिल्लो समय थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । आइतबार राति तथा सोमबार बिहान गरेर विराटनगरमा थप ४ जनाको कोरोनाबाट ज्यान गएको हो ।

कोरोनाबाट पछिल्लो पटक २ जनाको नोबेल अस्पतालमा ज्यान गएको छ । यसरी नोबेल अस्पतालमा कोरोनाबाट ज्यान गुमाउनेमा विराटनगर महानगरपालिका ३ का १ पुरुष रहेका छन् । ६६ वर्षीय मृतक पुरुषको आइतबार राति ११ बजे ज्यान गएको हो । उनलाई असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा नै बसेका उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि नोबेल अस्पताल भर्ना गरिएको थियो ।

यस्तै सोही अस्पतालमा आज बिहान ९ बजे अर्का ६६ वर्षीय पुरुषको पनि ज्यान गएको छ । निमोनियाको समस्या भए पछि अस्पताल पुगेका उनलाई असोज २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए पछि सोही अस्पतालको आइसोलेसनमा उपचार गराइरहँदा उनको आज ज्यान गएको हो ।

विराटनगरमा नै रहेको मोरङ हस्पिटल प्रालिका सञ्चालकको पनि कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको न्युरो कोभिड १९ अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । पचरीशनिश्चरे नगरपालिका १ का ५३ वर्षीय उनको आज बिहान करिब ३ बजेको समयमा ज्यान गएको हो । उनलाई असोज २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

आफ्नै घरमा नै अक्सिजन दिएर राखिएको भए पनि श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनको भन्टिलेटरमा राखेर उपचार गरिएको थियो । लामो समयदेखि मृगौलाको समस्याबाट पीडित उनले डायलासिस गराउँदै आएका थिए ।

विराटनगर कै कोशी अस्पतालमा उपचाररत १ जना वृद्धाको समेत कोरोनाबाट ज्यान गएको छ । विराटनगर महानगरपालिका वडा नम्बर २ की ६० वर्षीय वृद्धाको आज बिहान ४ बजेको समयमा कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ज्यान गएको हो । उनलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कमेन्टहरु
Loading...