गण्डकी प्रदेश सांसद र पिएलाई ४१ लाख दशैँ भत्ता

पोखरा/कोरोना महामारीले थुप्रै जनताको रोजिरोटी खोसिएको बेला संघ र प्रदेशका सांसदलाई भने यस्तो संकटकालिन समयमा पनि दशैँ भत्ता निकालिएको छ । गण्डकी प्रदेश सभाले पनि प्रदेश सांसद र उनका पिएहरुका चाडबाड भत्ताको नाम दिएर दशैँ भत्ताका ४१ लाख खातामा पठाईसकेको छ ।
प्रदेशसभा सचिवालयले सांसदहरुलाई ५२ हजार रुपैयाँ, सचेतकलाई ५४ हजार दुई सय रुपैयाँ, प्रमुख सचेतकलाई ५६ हजार आठ सय ४० रुपैयाँ, संसदीय समितिका सभापतिहरुलाई पनि ५६ हजार आठ सय ४० रुपैयाँ तथा उपसभामुख र विपक्षी दलको नेतालाई ५८ हजार रुपैयाँको दरले चाडपर्व खर्च खातामा हालिदिएको छ । सभामुख नेत्रनाथ अधिकारीले ६१ हजार चार सय ८० रुपैयाँ चाडपर्व खर्च बुझेको प्रदेश सभा सचिबालयका सहलेखापाल तुलसिराम आचार्यले बताए ।
सभामुख, उपसभामुख र सांसदहरु गरी प्रदेशसभाले ५२ जनालाई २७ लाख चार सय ८० रुपैयाँ चाडपर्व भत्ता शीर्षकमा खर्च भएको र अन्य रकम भने उनीहरुको पिएको लागि खर्च भएको हो ।
गण्डकी प्रदेश सभा सदस्यहरु धेरैले पिए भने आफ्नै आफन्त बनाएका छन् । संसदमा बोल्दा भत्ता नलिने भने पनि गण्डकी प्रदेशको सत्ता र प्रतिपक्षि दुबैको खातामा दशैँ भत्ता पुगिसकेको छ ।

कमेन्टहरु
Loading...