काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट होम आइसोलेसनमा नै ज्यान गुमाएकाहरुको परिवारका सदस्यले नै शव व्यवस्थापन गर्नुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकाको शव व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन गर्दै हो आइसोलेसनमा बसेका कोरोना संक्रमितको ज्यान गए परिवारका सदस्यले नै शव व्यवस्थापन गर्नुपर्ने जनाएको हो ।
शव परिवारले नै व्यवस्थापन गर्ने भए पनि प्रहरी तथा स्थानीय जनप्रतिनिधिलाई भने खबर गर्नुपर्ने छ । निर्देशिका अनुसार मृतक संक्रमितको शवलाई मास्क, पञ्जा, पूरा बाहुला भएको गाउन लगाएर ¥याप गर्ने तथा शवलाई बडी ब्यागमा राख्नुपर्ने भएको छ ।
उक्त शवलाई परिवारका सदस्यले नै बोकेर घाटसम्म पु¥याउनुपर्ने छ ।