वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाबाट प्रहरीले साढे २२ किलो सुन बरामद गरेको छ । महानगरपालिका अन्तरगत वडा नम्बर ५ को गणेश अर्पाटमेन्टबाट पर्सा प्रहरीले करिब साढे २२ किलो सुन बरामद गरेको हो ।
विषेश सुचनाका आधारमा प्रहरीले छापा मार्दा भारतीय नागरिक अशोक सिन्हा बस्दै आएको उक्त अपार्टमेन्टबाट ठूलो मात्रामा सुन बरामद गरेको हो । सुन बरामद गरेको भए पनि प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन ।
बरामद सुनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घटनाका विषयमा थप विवरण आउन भने बाँकी रहेको छ ।