पोखरा । नेपालमा थप ४ हजार ३ सय ९२ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा थप ४ हजार ३ सय ९२ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
हाल नेपालमा ३७ हजार ३ सय ८२ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १६ हजार ५ सय ३१ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
नेपालमा यो अवधीमा ३ हजार ५ सय २२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ ।
हाल नेपालमा ३ सय १५ जनाको आइसियु तथा ७७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा थप २१ जनाको ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ सय १५ पुगेको छ ।