गलत अभ्यासको पहिचान गरेर अन्त्य गर्छु नवनियुक्त सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गलत सूचना दिने तथा गलत ढंगले सल्लाह दिए सम्बन्ध नमिठो हुने चेतावनी दिएका छन् ।

 

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रहेका गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

 

 

बिहिबार सञ्चारमन्त्रीको पदभार ग्रहण गरेका उनले आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने बताएका छन् । उनले, ‘म पनि गलत गर्ने छैन, तपाईंहरुले गलत गरेको स्वीकार्ने छैन । तपाईहरुसँग मेरो यही सम्झौता हो ।’

आफ्नो कार्यकालको १०० दिनमा गलत अभ्यासको पहिचान गरेर अन्त्य गर्ने उनले बताए ।

नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले पदभार सम्हाले

 

त्यस्तै यता नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले पदभार सम्हालेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पौडेलले मन्त्रीको पदभार सम्हालेका हुन्।

 

पदभार सम्हाल्नुअघि उनीसहित तीन मन्त्रीले राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपियनियताको सपथ लिएका थिए।

 

पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले विश्व बैंकबाट २० करोड अमेरिकी डलर ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्। नेकपा महासचिवसमेत रहेका पौडेलले दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।

कमेन्टहरु
Loading...