नेता खनालको स्वास्थ्यावस्था सुधारोन्मुख

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ । रक्तचाप बढेका कारण धूम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। उनका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ ।

‘उनको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्नुहुन्छ’, उनले भने, ‘चिकित्सकका अनुसार उनको रक्तचाप पनि सामान्य रहेको छ ।’उनलाई रक्तचाप बढेपछि बुधबार अपराह्न ४ः०० बजे उपचारका लागि अस्पताल लगिएको थियो ।

कमेन्टहरु
Loading...