काठमाडौं । पुनर्गठनमा परेका नयाँ मन्त्रीहरूको सपथ बिहीवार हुने भएको छ ।
राष्ट्रपति कार्यलय स्रोतका अनुसार नयाँ मन्त्रीकोहरुको सपथको तयारी भैरहेको छ ।
बुधबार मन्त्रिमण्डल पुर्नगठन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेल अर्थमन्त्री , कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका थिए ।
पुनर्गठनका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त मन्त्रालय आफै समक्ष राखेका छन् । पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारीबाट भने मुक्त गरिएको छैन ।
महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको जिम्मेवारी पाएका छन् ।