बुधबार नियुक्त भएका तीन मन्त्रीको शपथ ग्रहण आज ११ बजे

काठमाडौँ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार हुँदैछ । बुधबार नियुक्त भएका तीनजना मन्त्रीको शपथ ग्रहण बिहीबार बिहान ११ बजे हुने भएको छ ।

 

संवैधानिक व्यवस्थाअनुसार मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छिन्। बुधबार साँझ नेकपा महासचिव समेत विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएका थिए।

 

त्यस्तै शहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ।

महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।

कमेन्टहरु
Loading...