पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ को ज्यान गयो, २६ सय ३८ लाई संक्रमण पुष्टि

पोखरा । नेपालमा थप २ हजार ६ सय ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा थप २ हजार ६ सय ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

नेपालमा हाल ३६ हजार ३ सय ६७ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १३ हजार ९ सय ७४ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा २ हजार १ सय ७४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ८० हजार ९ सय ५४ पुगेको छ ।

हाल नेपालमा ३ सय ५ जनाको आइसियु तथा ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइहरको छ ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको ज्यान गएको छ । यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ सय ७५ पुगेको छ ।

कमेन्टहरु
Loading...