पोखरा । नेपालमा थप ३ हजार ५ सय ५६ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयको प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।
नेपालमा हाल ३५ हजार ९ सय १५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यो अवधीमा नेपालमा १५ हजार ५ सय ७७ पिसिआर परीक्षण गरिएको थियो । नेपालमा यो अवधीमा १ हजार ५ सय ३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ७८ हजार ७ सय ८० पुगेको छ ।
हाल नेपालभरी ३ सय ७ जनाको आइसियु तथा ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप १८ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ६ सय ६३ पुगेको छ ।