पोखरा । ६५ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीले दौड प्रतियोगिताको आयोजना गरेको छ । ‘स्वास्थ्य, अनुशासन, एकता सद्भावका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा वडा प्रहरी कार्यालय बगरमा कार्यरत प्रहरी जवान लोकबहादुर विक प्रथम, इलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकमा कार्यरत प्रहरी कार्यालय सहयोगी धनबहादुर रानामगर दित्तीय तथा सोही कार्यालयमा कार्यरत प्रहरी जवान सुचनमान सिंह बस्न्यात तृतीय भएका छन् ।
त्यस्तै प्रतियोगितामा विमानस्थल सुरक्षा गार्ड पोखरामा कार्यरत प्रहरी हवल्दार अर्जुन पौड्याल चौथो तथा विमानस्थलमा नै कार्यरत प्रहरी जवान कमल शाही पाचौं हुन सफल भएका छन् । त्यस्तै महिलातर्फ प्रहरी जवान जमुना परियार प्रथाम भएकी छिन् ।
प्रतियोगितामा प्रथम, दित्तीय, तृतीय, चौथो तथा पाचौं हुने प्रहरी जवानलाई कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितराण् गर्दै उनले कार्यक्रममा प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक अवस्था स्वस्थ रहने मद्दत पुग्ने बताएका छन् ।
प्रतियोगिताका जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका ९२ जना प्रहरीहरुको सहभागिता रहेको थियो ।