थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सुनसरीको धरान–२ का ८९ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनमा उच्च रक्तचापको पनि समस्या थियो ।

यही असोज २३ गते प्रतिष्ठानमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

कमेन्टहरु
Loading...