नेपालमा कोरोना संक्रमितको दर उकालो लाग्दै, आजै ५ हजार ८ जना संक्रमित थपिए, थप १४ जनाको मृत्यु

पोखरा । नेपालमा थप ५ हजार ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप ५ हजार ८ लाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

नेपालमा हाल ३० हजार ८ सय १८ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गरिएको थियो । नेपालमा यो अवधीमा १ हजार २ सय २९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ७४ हजार २ सय ५२ पुगेको छ ।

नेपालमा हाल ३ सय २१ जनाको आइसियु तथा ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, बाँके, रुपन्देही तथा सुर्खेतमा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै मनाङ र मुस्ताङ कोरोना संक्रमित जिल्ला हुन् ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप १४ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा २ जना महिला तथा १२ जना पुरुष रहेका छन् ।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा काठमाडौंकी ६८ वर्षीय तथा धादिङकी ३१ वर्षीय महिलाले ज्यान गुमाएका छन् ।

यस्तै सुनसरीका ४५ वर्षीय, मोरङका २० र ७२ वर्षीय, सर्लाहीका ७१ वर्षीय, काठमाडौंका ४८ र ९० वर्षीय, ललितपुरका ४३ र ४९ वर्षीय, भक्तपुरका ६८ वर्षीय, मकवानपुरका ७७ वर्षीय, रुपन्देहीका ५७ वर्षीय तथा नवलपरासीका ३६ वर्षीय पुरुषले कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधीमा ज्यान गुमाएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ६ सय १४ पुगेको छ ।

कमेन्टहरु
Loading...