काठमाडौं । भोलि आइतबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । पार्टीका मुख्यसचिव कृष्ण पौडेलका अनुसार पार्टीका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको निधन भएपछि बैठक स्थगित भएको हो ।
प्रसाईंको निधनको शोकमा ३ दिन शोक मनाउनुका साथै केन्द्रीय कार्यालय बन्द गर्ने सहित ७७ वटै जिल्लामा आधा झण्डा झुकाइने उनले जानकारी दिएका छन् ।
यता पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन् । उनको घरमा काम गर्ने कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भए पछि उनी आइसोलेसनमा बसेका हुन् ।
उनी आइसोलेसनमा बसेपछि केन्द्रीय समितिको बैठकको मिति समेत अनिश्चित बनेको छ ।