काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका सचिवमा भरत पौडेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले पौडेललाई सचिव नियुक्त गर्ने निर्णय गरेको थियो ।
यस अगाडि मन्त्रालयका सहसचिव रहेका पौडेलले आजबाट पदभार सम्हालेका छन् ।
स्याङ्जाका ५४ वर्षीय पौडेल यस अगाडि पाकिस्तानका लागि नेपालका राजदूत रहेका थिए । त्यस्तै उनले परराष्ट्रका निमित्त सचिवका रुपमा समेत काम गरेका छन् ।
यस्तै नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा डिप्रप्रसाद पौडेल नियुक्त भएका छन् । उनी निगम सञ्चालक समिति सदस्य समेत हुन् ।
बैठकले लुम्बिनी क्षेत्र विकास कोषको सदस्य सचिवमा सानुराजा शाक्यलाई नियुक्त गरेको छ ।