काठमाडौं । अनसनरत डा गोविन्द केसी तथा सरकारी पक्षका बीच बिहान साढे १० बजेबाट जारी बैठक केही समयका लागि स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको बैठकमा डा केसीका मागका विषयमा बुँदागत रुपमा छलफल भएको थियो । वार्ता दिउँसो ४ बजे फेरी बस्ने गरेर स्थगित भएको हो ।
सरकारले अनसनरत बुधबार डा.केसीसंग वार्ताका लागि ३ सदस्यीय वार्ता टोली बनाएको थियो । टोलीको संयोजकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली रहेका छन् भने सदस्यमा मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी तथा चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा छन् ।
त्यस्तै डा केसीको तर्फबाट वार्ता टोलीमा संयोजक डा.जीवन क्षेत्री सहित अधिवक्ता ओमप्रकाश अर्याल, चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की तथा पूर्व अध्यक्ष अञ्जनीकुमार झा रहेका छन् ।