काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको ३ घण्टा लामो भेटवार्ताका क्रममा मुख्यतः पार्टी एकताको काम टुंग्याउने विषयमा छलफल भएको थियो । त्यस्तै बैठकमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजदुत नियुक्तिको विषयमा समेत छलफल भएको बताइएको छ ।
पार्टी एकताको ३ महिनामा सक्ने भनिएको एकताको केही काम एकताको ३ वर्षसम्म समेत टुंगिएको छैन । त्यस्तै मन्त्रीपरिषद् पुनर्गठन तथा राजदुत नियुक्तिको विषयमा समेत पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र प्रचण्डबीच सहमति हुन सकेको छैन ।