स्याङजाकी १५ वर्षीया सन्तोषी कहाँ छिन् ?

गन्थन डेस्क

स्याङजा अर्जुनचौपारी गाउँपालिका माटेथरकी १५ वर्षीया सन्तोषी रोकाहा ४ दिनदेखि घरपरिवारसँग सम्पर्कविहीन भएकी छिन् ।

उनको अवस्था हालसम्म केही थाहा हुन नसकेको भन्दै बुबा सूर्यबहादुर रोकाहाले कतै देखिए भेटिए सम्पर्क गराइदिन आग्रह गरेका छन् । यतिका दिनसम्म कहिँँ कतैबाट केही खबर नआएको भन्दै उनले कसैले देखे भेटेको खण्डमा

नजिकैको प्रहरी कार्यालय वा फोन नम्बर ९८४२२८५०६७ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।

कमेन्टहरु
Loading...