पछिल्लोपटक नेपालमा कोरोनाबाट ९ जनाको ज्यान गयो, थप १५ सय ५१ लाई संक्रमण पुष्टि

पोखरा । नेपालमा थप १ हजार ५ सय ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा थप १ हजार ५ सय ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । हाल नेपालमा २२ हजार ७ सय ९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा २ हजार ३ सय ४० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।

हाल नेपालमा २ सय ४३ जनाको आइसियु तथा ४० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुमपूर्व तथा डोल्पा कोरोना संक्रमितमुक्त जिल्ला हुन् ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा ४ महिला तथा ५ जना पुरुष रहेका छन् । काठमाडौंकी ५९ र ६० वर्षीय, ललितपुरकी ६७ वर्षीय तथा नवलपरासीकी ७७ वर्षीय महिलाले पछिल्लोपटक कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

त्यस्तै तेह्रथुमका ३१ वर्षीय, सुनसरीका ६४ वर्षीय, ललितपुरका ६१, ७० र ७७ वर्षीय पुरुषले कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधीमा ज्यान गुमाएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५ सय ६३ पुगेको छ ।

कमेन्टहरु
Loading...