काठमाडौं । नेपाली काग्रेसका नेता गगन थापाका आमाबुवालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्वमन्त्री समेत रहेका नेता थापा आफैंलाई पनि केही दिन अगाडि कोरोना संक्रमण भएको छ । उनको आमाबुवालाई भने आज संक्रमण पुष्टि भएको हो । नेता थापाका कान्छा बुवालाई समेत संक्रमण पुष्टि भएको छ । थापाको परिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन ।
चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा चितवनका ५६ जना सहित ७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ सय ८२ जनाको स्वाब संकलन पश्चात गरिएको परीक्षणका क्रममा ७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । परीक्षणका क्रममा चितवनका ५६ सहित तनहुँ, पर्सा, नवलपरासी, काठमाडौं, गोरखा तथा प्युठानमा १/’१ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै अन्य संक्रमितहरु नवलपुरका ११ तथा कमवानपुरका २ जना रहेका छन् ।