‘केपी ओलीको बुइँमा चढेर राजधानी सार्न खोजियो’

बुटवल । प्रदेश नं ५ को राजधानी दाङको भालुवाङ्ग राख्ने निर्णयको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

प्रदेश सभा वैठकमा बोल्दै विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले तानशाही शैलीमा निषेधाज्ञा लगाएर राजधानी तोक्न खोजिएको भन्दै विरोध जनाए ।

‘केपी ओलीको बुइँमा चढेर राजधानी सार्न खोजियो यो आपत्तिपूर्ण छ’, उनले भने ।

उनले  राजधानी बुटवलबाट दाङ सार्नुको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीलाई आग्रह गरे।

‘सहमतिमै राजधानी तोकिनुपर्थ्यो। खुसी हुनुपर्ने दिनमा बाहिर निषेधाज्ञा लगाएर तानाशाही शैलीमा राजधानी तोक्न खोजियो।’,उनले भने ।

मुख्यमन्त्रीलाई पटक पटक आग्रह गरेपनि बेवास्ता गर्दै दुइ तिहाइको दम्भ देखाएको उनको भनाइ थियो ।

यसअघी नेकपा संसदिय दलको बैठकले प्रदेश सरकारले गरेको निर्णयको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।

कमेन्टहरु
Loading...