गण्डकी प्रदेशमा थप ५६ जनालाई कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गण्डकी प्रदेशमा थप ५६ जनालाई संक्रमण पुष्टि भएको हो ।

नवलपरासी (ब.सु.पू) मा थप ३६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको गैंडाकोट, मध्यविन्दु तथा देवचुलीका हुन् ।

बाग्लुङका १५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको बाग्लुङ नगरपालिकाका हुन् ।

त्यस्तै तनहुँका ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको ब्यास तथा शुक्लागण्डकी नगरपालिकाका हुन् ।

यता गोरखाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको पालुङटारका हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार १ सय ७५ पुगेको छ ।

कमेन्टहरु
Loading...