पोखरा । नेपालमा कोरोना भाइरस संक्रमणको दर तीव्र रुपमा वृद्धि भएको भन्दै यो पटकको दसैं, तिहार तथा छठ जस्ता चाडपर्व जहाँ बसिएको छ त्यही मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले संक्रमणको दर खराब अवस्थामा पुगेको भन्दै दसैं बसिरहेकै स्थानमा मनाएर समन्वय गर्न आग्रह गरेका हुन् । दसैं नेपालीहरुको महान् पर्व भएको अवस्थामा सहरबाट सर्वसाधारणहरु गाउँ–गाउँ जाने भन्दै उनले विषेश सावधानी अपनाउन अनुरोध गरेका छन् ।
