पोखरामा ४ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ र १० का १/१ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै वडा नम्बर २६ का २ जनालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा तनहुँका १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका १० का पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष तनहुँ ब्यास यातायात प्रा.लिमा कार्यरत रहेका छन् ।

यता लमजुङका १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बेसीसहर नगरपालिका ४ का पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित सबैले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षण गराएका हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार १ सय ३ पुगेको छ ।

कमेन्टहरु
Loading...