विराटनगर। कोरोना भाइरस संक्रमणबाट विराटनगरमा १ जना महिलाको ज्यान गएको छ । विराटनगर महानगरपालिका ३ की ६८ वर्षीय महिलाको कोरोना भाइरस संक्रमणबाट आज बिहान ज्यान गएको हो । उनको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको थियो । असोज ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको उनलाई श्वासप्रश्वास सम्बन्धी समस्या रहेको थियो । केन्द्रमा शनिबार बिहान करिब २ बजे उनको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
