कास्की । वडाको विकास निर्माण लगायतका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस पोखरा महानगरपालिका–२४ नम्बर वडा समितिले वडाध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।
कांग्रेस वडा ईकाइ सभापति प्रताप बहादुर कार्की, कास्की जिल्ला सदस्य तथा पूर्व सहसचिव भरत बहादुर अधिकारी लगायतको टोलीले शुक्रवार वडा कार्यलयमा वडाध्यक्ष ओम प्रसाद सुवेदीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा स्थापित राजनैतिकदलहरु विच सहकार्य गदै विकास निर्माण योजना बनाउनुपर्ने, स्थानिय स्तरमा रोजगारी वृद्धि, शिक्षा, स्थास्थ्य साथै कृषिमा गुणस्तर वृद्धि गर्न तदरुपता देखाउनुपर्ने, नेपाल कम्यूनीष्ट पार्टीको एक पक्षिय निर्णयलाई तत्काल रोकी सर्वपक्षिय रुपमा गठन गरिनु पर्ने, भ्रष्टचार र ढिलासुस्ती नियन्त्रणमा कडाइका साथ लाग्नुपर्ने माग गरिएको छ ।
सञ्चार, प्रविधि, इन्टरनेट र विजुली नियमित गर्ने पहल गरिनुपर्ने, दक्षिण सिमादेखि उत्तरी सिमा जोड्ने सडकहरु कालोपत्रे, ग्राबेल मर्मत र सरसफाइ गरी तत्काल सहज रुपमायातायात सञ्चालन गरिनुपर्ने लगायतका विभिन्न २५ वटा बुंँदाहरुलाई तत्काल पूर्णता दिन समेत माग गरिएको छ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष सुवेदीले आफुले विकास निर्माणको कार्यमा आगामी दिनमा सहकार्य गर्दै वडाका समस्याहरु समाधान गर्नका लागि वडा नम्बर २४ को सहयोगमा आफु र आफ्नो टिम प्रतिबद्ध भएर लाग्ने बताए ।
ज्ञापनपत्र कार्यक्रममा नेपाली कांग्रेसका सदस्य तथा पूर्व सह सचिव भरत बहादुर अधिकारीले दुई बर्ष अघि बुझाएको ज्ञापनपत्रको सुनुवाई नभएकोले फेरी वडा कार्यालयमा ज्ञापनपत्र बुझाउन बाध्य भएको बताए ।
निर्वाचित जनप्रतिनिधीले भिन्न विचार राख्ने जनतालाई रोजगारी, विकाश बजेट लगाएत अन्य क्षेत्रमा छुट्याएको जस्तो भान भएको उनले बताए।
कांग्रेसको सहनशिलता, धैर्य गर्ने बानी र लचिलो हुने स्वाभावलाई निर्वाचित जनप्रतिनिधीहरुले नटेरेको उनको भनाई थियो ।
कांग्रेस वडा ईकाइ सभापति प्रताप बहादुर कार्कीले शिक्षा, स्वास्थ्य, रोजगारी सबै बिषयमा जनप्रतिनिधीले राजनिती गर्न नहुने बताए ।
जनताको सुचनाको हकको अधिकारको बिषयमा पनि वडा कार्यालयले तत्काल सोच्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा ट्रेड यूनियन कास्कीको जिल्ला उपाध्यक्ष डिल्लीराम भट्टराई, तरुण दलका पूर्व जिल्ला सचिव पदम बस्ताकोटी, ईकाइ सचिव चन्द्रेश्वर बस्ताकोटी लगाएतले बोलेका थिए ।