प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारको निर्णय

बुटवल । दाङको भालुवाङलाई प्रदेशको राजधानी बनाउने प्रदेश ५ सरकारले निर्णय गरेको छ । भालुवाङलाई केन्द्रमा राखेर गढवा, राप्ती तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने प्रदेश सरकारको मन्त्रीपरिषदले निर्णय गरेको हो । यही निर्णय अनुसार अब प्रदेशसभामा प्रस्ताव दर्ता हुने भएको छ ।

यस अगाडि आजै बिहानै नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रधानमन्त्री केही शर्मा ओलीबीच यस विषयमा सहमति भएको थियो । प्रदेश ५ का मुख्यमन्त्री तथा पार्टीका इन्चार्ज समेत रहेका शंकर पोखरेल प्रदेशको राजधानी दाङ हुनुपर्ने पक्षमा रहेका थिए ।

कपिलवस्तु, रुपन्देही वा दाङमा राजधानी कुन ठाउँमा राख्ने भन्ने विषयमा मतभेद हुँदा प्रदेश ५ को स्थायी राजधानी तथा नामाकरण गर्न सकिएको थिएन ।

कमेन्टहरु
Loading...