जुम्लाको चन्दननाथ नगरपालिकाका केही क्षेत्र सिल

जुम्ला । २४ घण्टाको अवधीमा एकैपटक ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भए पछि जुम्ला सदरमुकाम खलंगामा रहेको चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । नगरपालिकामा पछिल्लो २४ घण्टाको अवधीमा २७ जना स्वास्थयकर्मी सहित ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार दिउँसो ३ बजेबाट लागु हुने गरेर असोज १८ गतेसम्मका लागि उत्तर प्राविधिक शिक्षालय, दानसाँघु, दक्षिणतिला नदी तथा गमगाड क्षेत्रलाई सिल गरिएको हो ।

कमेन्टहरु
Loading...