पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १३ सय ५१ लाई कोरोना संक्रमण पुष्टि, थप ४ जनाको मृत्यु

पोखरा । नेपालमा थप १ हजार ३ सय ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप १ हजार ३ सय ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । यो अवधीमा नेपालमा १० हजार ८० जनाको पिसिआर परीक्षण गरिएको थियो । अहिले नेपालमा १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा ७ सय ४२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ५४ हजार ६ सय ४० पुगेको छ । हाल नेपालमा २ सय २५ को आइसियु तथा ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालको मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देही जिल्लामा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै मनाङ, मुस्ताङ, डोल्पा, मुगु तथा हुम्ला जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या सुन्य रहेको छ ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २ पुरुष तथा २ जना महिला रहेका छन् ।

कोरोना भाइरसबाट ज्यान गुमाउनेमा सुनसरीकी ३८ तथा भक्तपुरकी ५१ वर्षीय महिला रहेकी छिन् । त्यस्तै गुल्मीका ३४ तथा बाँकेका ४७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधीमा ज्यान गएको छ ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ सय ८१ पुगेको छ ।

कमेन्टहरु
Loading...