पोखरा । पोखरामा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा २१ जनालाई संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नम्बर ३ की २५ वर्षीय १ महिला सहित ७ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । २०, २२, २३ वर्षीय २ जना, २४, २७ तथा २८ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्तै वडा नम्बर ८ का १ महिला तथा ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । उक्त वडामा १९ वर्षीय महिला सहित २४, २६, ३७ र ३८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । पोखरा १४ का २५ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नम्बर १५ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । उक्त वडाका २५ वर्षीय महिला सहित २१ र ३८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै वडा नम्बर १७ तथा २० का १/१ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । पोखरा ३३ का १९ वर्षीय पुरुष तथा २१ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ३ का २७ तथा १५ का ३८ वर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत रहेका छन् । त्यस्तै पोखरा ३ का ७ जना संक्रमित भने तेर्सापट्टीमा निर्माणाधीन अपार्टमेन्टमा निर्माणका लागि का मगर्ने कामदार रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यता लमजुङका १६ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको मध्यनेपाल ६ का ९ पुरुष सहित २ महिलालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै वडा नम्बर ७ का १ पुरुष र ३ महिला तथा वडा नम्बर १० का १ महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मध्यनेपालका संक्रमित १ जना स्थानीय स्कुलका शिक्षक हुन् ।
बाग्लुङका ३१ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको गल्कोट ३ का ८ पुरुष सहित १ महिलालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै जैमिनी १ र ५ का १÷१ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । काठेखोला ३ का २ जना पुरुष, ४ का ६ जना पुरुष, ७ र ८ का १/१ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
यस्तै बाग्लुङ नगरपालिका २ र ३ का १/१ जना, ६ का २ जना र १० का १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । जिल्लामा आज भेटिएका संक्रमिहरु भारत, जापान, ओमान, दुबई तथा क्यानडाबाट आएका व्यक्ति हुन् ।
यता नवलपरासी (ब.स.पू) का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको कावासोती तथा मध्यविन्दुका हुन् । जसमध्ये कावासोती १३ र १४ नम्बर वडामा १÷१ जना पुरुष तथा मध्यविन्दुका १ जना महिला रहेकी छिन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ७ सय ४४ पुगेको छ ।
