पछिल्लो पटक कोरोनाबाट नेपालमा ७ जनाको ज्यान गयो, थप ११ सय ७२ लाई संक्रमण पुष्टि

पोखरा । नेपालमा थप १ हजार १ सय ७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप १ हजार १ सय ७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको हुन् । हाल नेपालमा १७ हजार ४ सय १४ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६७ हजार ९ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा ९ हजार ४ सय ५९ जनाको नमुना परीक्षण गरिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८ सय ९३ जना कोरोनामुक्त भएको छन् । यससंगै नेपालमा कोरोना भाइरसमुक्त हुनेको कुल संख्या ४९ हजार ९ सय ५४ पुगेको छ । हाल नेपालमा २ सय २० जनाको आइसियु तथा ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देहीमा ५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु तथा हुम्ला जिल्ला कोरोनामुक्त जिल्ला हुन् ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १ महिला तथा ६ जना पुरुष रहेका छन् । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेमा काठमाडौंकी ६८ वर्षीय महिला रहेकी छिन् ।

त्यस्तै झापाका ८६, सिराहाका ५०, काठमाडौंका १६, ललितपुरका ७४ तथा बर्दियाका ३९ र ६४ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट पछिल्लो समय ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ सय ३६ पुगेको छ ।

कमेन्टहरु
Loading...