ललितपुरका फरक–फरक अस्पतालमा कोरोनाबाट २ को मृत्यु

काठमाडौं । ललितपुरको अल्का तथा मेघा अस्पतालमा २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

अल्का अस्पतालमा उपचाररत ७४ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणबाट मंगलबार राति मृत्यु भएको हो । पाटन घर भएका उनी भदौ १६ गते अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचार कै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई कलेजोको समस्या रहेको समेत अस्पतालले जानकारी दिएको छ ।

यता ललितपुर कै मेघा अस्पतालमा ८० वर्षीय वृद्धको समेत कोरोनाबाट मृत्यु भएको छ । भदौ ६ गते अस्पताल भर्ना भएको उनको मंगलबार साँझ ५ बजेको समयमा मृत्यु भएको हो । उनी धापाखेल निवासी रहेका थिए ।

कमेन्टहरु
Loading...